×

वीरगञ्ज, ३२ साउन । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले ‘‘बोलेके लुर होगइल त सब दुःख दुर होगइल’ भन्ने भोजपुरी उखान संसदमा सुनाउँदैे निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आज संसदमा कटाक्ष गरेका छन् । 

जनता समाजवादी पार्टीका नेता यादवले वर्तमान गठबन्धनको सरकार १८ महिना नभएर पुनः निर्वाचित भएर ५ वर्ष सम्म सरकार चलाउने दावी गरे । उनले भने, ‘हटी हैन डटी लड्ने नेपालीको बानी भएजस्तै साहसी प्रधानमन्त्री देउवालाई हेप्ने कार्यलाई जनताले माफी दिने छैनन् ।’

न्यायको मन्दिरमा ताला लगाउन खोज्ने र देशलाई बन्धक बनाउने ओलीले कानुनको खिल्ली उडाएको सांसद यादवको तर्क छ । दुई–दुई पटक आफैले विघठन गरेको संसदमा आएर विरोध गर्नु लज्जास्पद एवम् हाँस्यास्पद भएको यादवले टिप्पणी गरे । 

Back to top