×

वीरगञ्ज, २४ साउन । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता किरण गजमेर बनेका छन् ।

कोच प्रमोदबाट दर्शक श्रोताको मन जित्दै फाइनलमा पुगेका गजमेरले नगद २५ लाख रुपैयाँसहित विजेताको उपाधि हात पारेका हुन् । ब्लाईन्ड अडिशनबाटै दर्शक श्रोताहरुलाई आफ्नो स्वर र प्रस्तुतीमार्फत आकर्षित गर्न सफल गजमेर भुटानी शरणार्थी समेत हुन् ।

कोच दिपबाट दार्जिलिंगका आर्यान तामाङ्, कोच राजुबाट बाग्लुङ्की ताराश्रीष मगर कोच तृष्णाबाट ज्वाला राई र कोच प्रमोदबाट किरण गजमेरले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए । 


 

Back to top