×

१७ सावन ।  वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ।​ गुएनामा गएराति राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो।

पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। पाकिस्तानका शहिन शाह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १–१ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। मोहमद रिजवानले ४६ रन जोड्दा फखर जमानले १५ रन बनाए। 

यससँगै रिजवानले एकै वर्षमा सर्वाधिक धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन्। रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन्।​ रिजवानले आयरल्याण्डका पाउल स्ट्रर्लिङको कीर्तिमान तोडेका हुन्। पाउलले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए।

वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट लिए। 

यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। पहिलो खेल वर्षाको कारण नतिजाविहीन बनेको थियो। 

Back to top