×

११ साउन । ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । 

ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि मजबुत बन्छ । यसले खाना पनि सजिल्यै पचाउन मद्दत गर्छ । ज्वानोको सेवनले शरीरमा सही तरिकाले पोषक तत्व शरीरले लिन्छ । यसका लागि अतिरिक्त क्यालोरी पनि खर्च हुन्छ । यसै कारण शरीरको तौल कम हुन थाल्छ । 

ज्वानोको सेवन बिहान खाली पेटमा गर्न सकिन्छ । मनतातो पानीसँग ज्वानो खाँदा सजिल्यै यसको बानी पार्न सहज हुन्छ । यसका लागि २५ ग्राम ज्वानोलाई एक गिलास पानीमा पूरै रात भिजाउने र बिहान त्यो पानी पिउने गर्नुपर्छ । लगातार २० दिनसम्म ज्वानो पानी पिउँदा केही दिनमा नै यसको प्रभावकारिता देखिन सुरु हुन्छ । 

यदि रातभर भिजाएको ज्वानो खान नसक्ने अवस्थामा बिहान खाली पेटमा एक चम्चा ज्वानो उमालेर त्यसमा ४ वा ५ तुलसीको पात हालेर मनतातो पानी पिउन सकिन्छ । 

यसका साथै, ज्वानोको पनि बेफाइदा छन् । छिट्टै तौल घटाउन अत्यधिक मात्रामा ज्वानो पानी पिउन हुँदैन । गर्मीमा धेरै ज्वानो खान हुँदैन । गर्भवती महिलाले ज्वानो कम खाने गर्नुपर्छ । 

Back to top