×

वीरगन्ज ११ साउन । नेपाल पत्रकार महासंघ पर्सा शाखाका पदाधिकारी र सदस्यहरु भारतमा सम्मानित भएका छन ।


आईतबार झारखण्ड राज्यको सरायकेला जिल्लामा नवगठित प्रेस क्लबका पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा महासंघका पदाधिकारी र सदस्यहरु सम्मानित भएका हुन ।


सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष्ँ अनुप तिवारीले दिप प्रज्जवलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।


समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिवारीले नेपाल र भारतविचको सम्बन्ध अझै सुधारका लागि दुबै देशका संचारकर्मीहरुले सकारात्मक सन्देशमुलक समाचार प्रवाह गर्नुपर्ने बताए ।
उनले शपथ ग्रहण कार्यक्रममा आफुहरुलाई बोलाएर सम्मान गरेकोमा आयोजक प्रेस क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।


नवगठित प्रेस क्लब सरायकेलाका अध्यक्ष्ँ मनमोहन सिंह राजपुतले आफ्नो निम्तो स्वीकार गरी नेपालबाट आईदिएकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा दुबै तर्फका संचारकर्मीहरुको सम्बन्ध बलियो र सुदृढ बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


सपथ ग्रहण समारोहमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष्ँ अनुप तिवारी, सचिव भुषण यादव, कोषाध्यक्ष्ँ संजिव मिश्र, सहसचिव जितेन्द्र साह, सदस्यद्धय श्याम कुश्वाहा, तिवारी यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य विजय कुश्वाहा, प्रदेश परिषद् सदस्य प्रकाश तिवारीलाई मायाको चिनो सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


सरायकेला नगर सभागृहमा सम्पन्न समारोहमा अतिथी नगर अध्यक्ष्ँ मिनाक्षी पटनायक, एडिसी सुबोध कुमार, एसडिएम रामकृष्ण कुमार, बिडिओ मृत्युंजय कुमार, आईजिपिओ राकेश रंजन, ओसडी प्रदिप कुमार, जमशेदपुर प्रेस क्लबका अध्यक्ष्ँ बी। श्रीनिवास, वरिष्ठ पत्रकार वृजेश सिंह लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Back to top