×

वीरगञ्ज, १० साउन । राष्ट्रिय युवा परिषद्ले प्रदेश र संघीय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय मातहत रहेको परिषदले ५ दिने प्रदेशस्तरिय र ३ दिने संघीय तहको नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको हो । 

प्रदेश र संघीय नमुना युवा संसद अभ्यासले ७ वटै प्रदेशमा ११ सदस्यीय प्रदेशस्तरिय युवा सञ्जाल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतवार भर्चुअल माध्यमबाट बसेको बैठकले प्रदेश नम्बर २ मा बाराका श्याम साहको अध्यक्षतामा प्रदेशस्तरिय युवा सञ्जाल गठन गरिएको छ । नवगठित प्रदेश युवा सञ्जालको उपाध्यक्षमा सर्लाहीकी रञ्जना नेपाल, सचिवमा पर्साकी गङ्गा श्रेष्ठ, सहसचिवमा धनुषाका सबुर कुमार कुश्वाह, कोषाध्यक्षमा सिराहाका मो. नइम राइन चयन भएका छन् । 

 

अध्यक्ष श्याम साह सचिव गङ्गा श्रेष्ठ  

                                   अध्यक्ष : श्याम साह 

 

 

 

                            सचिव : गङ्गा श्रेष्ठ                                 

त्यसैगरी कार्यसमिति सदस्यहरुमा महोत्तरीबाट  पुजा साह, आभाष ठाकुर, दिपक यादव, सप्तरीबाट पन्केसराज कुश्वाह, सर्लाहीबाट स्मृती श्रेष्ठ, रौतहटबाट अन्जुम बेगम लगायत रहेका छन् ।

नवगठित सञ्जालले परिषदको उद्देश्यबमोजिम प्रदेशका ८ वटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्यमशिलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागीता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेश, जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरि कार्यक्रम गर्ने र युवा परिचालनमा विशेष सहजिकरण गर्ने नवगठित सञ्जालकी नवनिर्वाचित सचिब गङ्गा श्रेष्ठले बताईन् । 

राष्ट्रिय युवा परिष्द ऐन २०७९ अनुसार प्रदेशस्तरिय सञ्जालको कार्यअवधि २ वर्षको हुने छ । सो अवसरमा संघीय युवा सञ्जाल प्रदेश नम्बर २ का  कार्यकारी इन्चार्ज रक्की प्रसाद साह र राष्ट्रिय युवा परिषद् सचिवालयका श्याम काजी खत्रीसँग सहभागीहरुले युवा नेतृत्व र युवाको हक तथा अधिकार लगायतका विषयमा अन्तरक्रिया समेत गरेका थिए । 
 

Back to top