×

वीरगञ्ज १० सावन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रदेश २ मै पहिलोपटक बांगीएको मेरुदण्डको सफल शल्यक्रिया भएको छ । 

२ महिना भन्दा अगाडी देखि नै मेरुदण्डमा चोटपटक लाग्दा पछि शरिर नै बांगो भएर निहुरिई घुँडा समाते हिँड्नुपर्ने अवस्थामा पुगेका बिरामीको नेशनल मेडिकल कलेजले सफलतापूर्वक शल्यक्रिया गरेको कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारीले बताए ।

अन्सारीका अनुसार नेशनल मेडिकल कलेजका वरिष्ठ अर्थोपेडिक प्राध्यापक डाक्टर रुहुल्लाह नेतृत्वको समूहले शल्यक्रियामार्फत बांगो मेरुदण्डलाई सिधा बनाएको छ । चिकित्सकको समूहले गरेको उक्त शल्यक्रिया प्रदेश २ मै पहिलो भएको अन्सारीको दावी छ ।

शल्यक्रियापछि अब घुँडा समाएर हिँड्नुपर्ने बाध्यता हटेको भन्दै ति बिरामीले खुशी व्यक्त गरे । बांगीएको मेरुदण्ड भएका बिरामीहरुको पनि अब सफलतापूर्वक शल्यक्रिया गरेर सिधा गर्न सकिने हुँदा त्यसको लागि वीरगञ्ज बाहिर काठमाण्डौ तथा भारत जानुपर्ने बाध्यता हटेको प्रबन्ध निर्देशक अन्सारीले बताए । 


 

Back to top