×

वीरगञ्ज १० साउन । पर्साका शस्त्र प्रहरी बोर्ड आउट पोस्ट माहादेवपट्टीलाई आपातकालीन बिपत व्यवस्थापन गर्ने उपकरण प्रदान गरिएको छ ।

भि.सि.एनको आर्थिक साहयोगमा हेल्मेट १० थान, डोरी २ रोल, गाडिको ट्यूब १ थान ,स्टिल बाल्टी २ थान, पिक साबेल (कुटो) २ थान, साबेल (बेल्चा) ५थान लगायतका उपकरणहरू वीरगञ्जका सामाजिक अभियन्ता प्रकाश थारूले शस्त्र प्रहरी बोर्ड आउट पोस्टका कार्यलय प्रमुख प्रहरी निरीक्षक केदार राईलाई  हस्तान्तरण गरेका छन् ।

उपकरणहरू ग्रहण गर्दै प्रहरी निरीक्षक राईले संस्थालाई धन्यवाद सहित आपातकालीन बिपत आईपर्दा सजिलै व्यवस्थापन गर्न सकिने यस्ता उपकरणहरू आवश्यक रहेको बताए । 
 

Back to top