×

पक्राउ परेका वडाअध्यक्ष अम्बिका सहनी र पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनाल

वीरगञ्ज, ८ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सम्बन्धी कसुरमा पक्राउ परेका वडाअध्यक्षको केसमा अँझै सशक्त रुपमा अनुसन्धान अगाडी बढाएको छ । पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्षको मुद्धालाई सुक्ष्म रुपमा सशक्त ढंगले अनुसन्धान अगाडी बढाएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष (अमिरिका) अम्बिका सहनीसहित ३ जना ७९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेकाहरुको बारेमा भइरहेका टिकाटिप्पणीले प्रहरीलाई अँझै सजग र सचेत बनाएको डिएसपी खनालले बताए ।  

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ वर्वानजिकैबाट सरकारी मोटरसाईकलसहित साउन ३ गते पक्राउ परेका वडाअध्यक्ष सहनीको बारेमा केहीले दवाव सृजना भएपनि अनुसन्धानमा कुनै प्रभाव नपर्ने डिएसपी खनालको भनाई छ । 

यात्रा डेलीसँगको संवादमा डिएसपी खनालले भने, ‘वडाअध्यक्षलाई फसाउन खोजिएको भनेर समाचार सम्प्रेषण भएपनि त्यसले अनुसन्धानमा कुनै प्रभाव पर्दैन । बरु उल्टै हामीलाई सजग बनाएर छानविन गर्न सघाउ पुगेको छ ।’ निर्दाेष नफसुन र दोषि नउम्किउन भन्ने नै प्रहरीको मुख्य लक्ष्य रहेको हुँदा त्यसले प्रभाव नपर्ने खनालको भनाई छ । 

पक्राउ परेका तिनैजनामाथि ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको खनालले बताए । ९० दिनसम्म म्याद थपेर कारवाही प्रक्रिया बढाउन मिल्ने हुँदा दवाव आएपनि प्रहरीको अनुसन्धानमा आशंका नगर्न उनले अपिल गरेका छन् । 

लागुऔषध ऐन २०३३ अनुसार दोषि ठहर भएमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाखसम्म जरिवानाको सजाय व्यवस्था रहेको छ ।  

यो पनि पढ्नुहोस् :

ब्राउन सुगरसहित पर्साको पकाहमैनपुरका वडाध्यक्ष अमिरिका सहनी र वडा सदस्य पक्राउ
 

Back to top