×

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभा सदस्यबाट राजीनामा लिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

रावलले शुक्रबार सभामुख अग्नी सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि राजीनामा दिएका थिए । पार्टी एकताको लागि देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

रावलले आज हुने संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

Back to top