×

वीरगञ्ज, ८ साउन । साताको अन्तिम दिन आज शुक्रवार सुनको मूल्य सामान्य उकालो लागेको छ । 

गत बुधबार ७ सय रुपैंयाले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३ सय रुपैंयाले बढेर ९२ हजार १ सय रुपैंया कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैंयाले बढेर ९१ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीमा भने आज पनि १० रुपैंयाले नै बढेर १२ सय ८० रुपैया कायम भएको छ ।

Back to top