×

वीरगञ्ज, ८ साउन । वीरगञ्जका १ युवक विगत ९ दिनदेखि सम्पर्कबिहिन छन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचा निवासी ३२ वर्षीय विराज शर्मा असार ३१ ग्ते बिहिवार दिउँसो २ बजेदेखि घरबाटै बेपत्ता भएका शर्माका दाई विशाल शर्माले बताए । 

कालो रंगको हाल्फ पाइन्ट र मिक्स कलरको टिसर्ट लगाएका र हातमा प्रमाणपत्र सहितको कालो झोला बोकेको अवस्थामा उनी बेपत्ता भएका हुन् । उनको मोवाईल नम्बरमा कल डिटेल परीक्षण हेर्दा साउन १ गते शुक्रवार दिउँसो २ बजेसम्म अन देखिएको र चपुर देखिएको छ । 

उनी ९ दिनसम्म पनि सम्पर्कविहिन भएपछि परिवारजन चिन्तित भएका छन् । पर्सा प्रहरीलाई शुक्रवार नै खबर गरीसकेको विशाल शर्माको भनाई छ । 

खोजतलाशको निवेदन परेको हुँदा प्रहरीले पनि खोजी गरीरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । 

कतै देखे वा भेटेमा ९८५५०२३५४३ र ९८४५८६७७५४ नम्बरमा अर्थात नजिकैको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।

Back to top