×

काठमाण्डौ, ७ साउन ।  शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । नेप्से आज १८ दशमलव ७५ अङ्कले बढेर तीन हजार चार दशमलव ३१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले,जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको ३८ र म्युचल फन्ड समूहको शेयर शून्य दशमलव ९२ अङ्कले बढेको छ । आज विकास बैंक, व्यापार, होटल, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

दुई सय २२ कम्पनीका पाँच करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कृषि विकास बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रो र ङादी ग्रुप पावर कम्पनीकाे शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि हिमालयन पावर पार्टनरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।  

Back to top