×

वीरगञ्ज, ७ सावन । लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ । 

होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष संजय खेतानले अबिरको टिका तथा माला लगाई बधाई पत्रद्वारा सम्मान गर्नु भएको थियो । 

सम्मान गर्दै क्लबका अध्यक्ष खेतानले सङ्घका वरिष्ठ उपाध्यक्ष रहेका बखत महासङ्घको सदस्यमा निर्वाचित हुनु भएका गुप्ताले आफ्नो व्यक्तित्वलाई निरन्तर उँचाईमा पु¥याई रहनु भएको बताउनु भयो ।  लायन्स क्लबसँग आबद्ध सम्मानित हुने अध्यक्ष र कार्यसमिति सदस्य वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा निर्वाचित हुनु भएकोमा धेरै खुशीको कुरा रहेको बताउनु भयो ।

साथै सोही कार्यक्रममा क्लबका अध्यक्ष संजय खेतानले आफ्नो कार्यकालमा हाल सम्म गरिएका कामहरुको बारेमा जानकारी दिँदै आगामी एक वर्षको लागि नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्पूर्ण लायन्स क्लबको सम्मान रहेको बताउदै सम्मान गरेको प्रति क्लबलाई धन्यवाद समेत दिनुभयो । उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको इतिहासमा सङ्घको अध्यक्ष नभई केन्द्रमा चुनाव जित्ने आपूm पहिलो व्यक्ति रहेको बताउनुभयो । 

साथै आपूm चुनावमा जितेका अहम् भूमिका लायन्स क्लबको रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई बधाई समेत दिनुभयो । 

Back to top