×

वीरगञ्ज, ६ साउन । जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्षसहित ११ जनाले सयुँक्त राजीनामा दिएका छन् ।

जसपा नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा हिन्दु धर्मलाई आघात पुग्ने गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युनियन पर्साका ११ जनाले राजिनामा बुझाएका छन् ।

यसअघि पनि डा. भट्टराईले पटकपटक हिन्दु धर्ममाथि आँच पुग्ने र हिन्दु समुदायलाई नै अपमानित गर्ने किसिमका अभिव्यक्ति दिएको हुँदा भट्टराई अध्यक्ष भएको पार्टीको विद्यार्थी संगठनमा नरहने ठहर गर्दै राजीनामा दिएको समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियाले बताए ।

युनियनका सचिब राजु गिरी, कोषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दिप चौहान, अंकुश मण्डल, पृतम उपाध्याय, रबी गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले प्रेस विज्ञप्ती जारी गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

डा. भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले मन्त्री तथा पदको प्रलोभनमा परेर मधेशका मुद्धाहरुलाई ओझेलमा पारेको विज्ञप्तीमार्फत ठहर गरिएको छ । जनता समाजवादी पार्टी पर्सा, पार्टीको केन्द्रिय कमिटी, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन प्रदेश २ जनकपुरधामलाई बोधार्थ बनाई राजीनामा पत्र बुझाइएको छ । 
 

Back to top