×

 ६ सावन । श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ।  गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो। 

जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको  श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो।

यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो। शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवसीय सिरिज २-० ले जितेको छ। अब तेस्रो खेल शुक्रबार कोलम्बोमा हुनेछ।

Back to top