×

वीरगञ्ज ६ सावन । विदेशी मुलुकमा उत्पादित मालसामानमा‌ निर्भरता बढ्दै जाँदा व्यापार घाटा चुलिएको छ।

वीरगञ्ज नाकाबाट आन्तरिक उत्पादन प्रतिस्पर्धी र पर्याप्त हुन नसक्दा रु. ५ खर्बमा आयात हुँदा मुश्किलले आधा अर्ब रुपैयाँको निर्यात भइरहेको छ।
मुख्यस्थल भन्सार नाका वीरगंजबाट हुने कारोबारमा गत आर्थिक वर्षमा व्यापार घाटा २० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।निर्यात व्यापारमा सुधार आएर ६६.३२ प्रतिशतले वृद्धि भएपनि व्यापार घाटा २०.५४ प्रतिशतले‌‌ बढेर रु. ४ खर्ब ६० अर्ब पुगेको भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

वीरगञ्ज भन्सार नाकाबाट हुने आयात अघिल्लो आर्थिक वर्षको तुलनामा आव ७७/७८ मा २४.११ प्रतिशतले वृद्धि भएको छ ।  गत आर्थिक वर्षमा यो नाकाबाट भारत तथा तेश्रो मुलुकबाट कूल रु. ५ खर्ब १३ अर्ब ७० करोड भन्दा बढी मूल्यको मालसामान आयात भएको छ।

त्यसैगरी नेपालबाट भारत तथा तेश्रो मुलुकतर्फ जम्मा रु.५३ अर्ब ६८ करोड रुपैयाँ मूल्य बराबरको मालसामान निकासी गरिएको छ।

कूल वैदेशिक व्यापारमा ९०.५४ प्रतिशत हिस्सा आयातले ओगटेको छ भने निर्यातको हिस्सा जम्मा ९.४६ प्रतिशतमा सीमित छ। तर कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा अघिल्लो आर्थिक वर्ष ७६/७७ को तुलनामा ३०.७९ प्रतिशतको उलेखनीय सुधार देखिए पनि सन्तोषजनक छैन। कुनै एउटा प्रकृतिको वस्तुको आयातमा छिमेकी मुलुक भारतले प्रत्यक्ष अप्रत्यक्ष रोक लगाई दिंदा समग्र निर्यात कारोबार नै प्रभावित हुने गरेको छ। 

अघिल्लो आवमा भारतले पाल्मोलिन लगायत खानेतेलको निर्यातमा‌ रोक लगाई‌ दिएपछि ओरालो लागेको समग्र ‌निर्यात गत आवको अन्त्यतिर फुकुवा गरिदिएपछि समग्र ‌निर्यात पुनः सुध्रिएको हो।

Back to top