×

वीरगञ्ज, ५ साउन ।  भारतको राजस्थानस्थित माधोपुरका ओमप्रकाश शर्मा नेपालको प्रदेश २ सरकारमा उर्जा तथा खानेपानी मन्त्री बनेपछि त्याँहा खुशीयाली मनाएका छन ।

भारतीय खाटुश्यामजी डेटलाईनबाट जुलाई १५ को एक पत्रिकामा ‘श्रीमाधोपुरके ओम प्रकाश शर्मा नेपालके नये उर्जा मंत्री’ शीर्षकमा समाचार प्रकाशित गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका शर्माका पुर्खाहरु राजस्थानको सीकर जिल्ला श्रीमाधोपुर कस्वेबाट नेपालको वीरगञ्जमा पुजाआराधनाका लागि आउने गरेको समाचार उल्लेख गरिएको छ ।

सोही क्रममा यसै क्षेत्रलाई नै आफ्नै ठाउँ सम्झिएर बसोबाससँगै यहाँका सामाजिक गतिविधिमा पनि संलग्न भएका शर्मा मन्त्री बनेपछि राजस्थानस्थित उनका पुर्खाहरुले हर्षाेल्लासका साथ खुशीयाली मनाइरहेको खबरमा बताइएको छ ।

भारतीय बासिन्दा हाल सयुँक्त राज्य अमेरिकाको उपराष्ट्रपति समेत बनीसकेको अवस्थामा भारतीय मूलका भएर पनि नेपाल आएपछि यहाँकै नियम कानुनको परिधिमा रही यहाँकै जनताको भावनाअनुरुप चल्ने नेता मन्त्री बन्नुलाई त्याँहाका बासिन्दाले पनि अर्थपूर्ण रुपमा लिएका छन् ।  


 

Back to top