×

वीरगञ्ज, ४ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना भइरहेको अक्सिजन प्लान्टको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले अनुगमन गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य बिमल श्रीवास्तवको संसदीय कोषबाट स्थापित अटोमेटिक अक्सिजन प्लान्टको नगरप्रमुख सरावगीले अनुगमन गरेका हुन् । अनुगमनको क्रममा नगरस्तरीय कोषको ५० लाखको लागतमा वायरिंग तथा पाईप जडान गर्ने सरावगीले उद्घोष गरेका छन् ।

त्यसैगरी मेयर सरावगीले नारायणी अस्पतालको आकस्मिक कक्षको पनि अनुगमन गरेका छन् । सो अवसरमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानलाई अस्पतालको कामकारवाहीलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

आकस्मीक कक्षमो चरम लापरवाही ढिलासुस्ती देखिएको हुँदा यथाशीघ्र व्यवस्थीत बनाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएको मेयर सरावगीका स्वकिय सचिब पिन्टु  उपाध्ययले बताए ।

अनुगमन टोलीमा वीरगञ्ज महानगरापालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार निरौला, सांसद श्रीवास्तवको संसदीय कोष हेर्ने चन्दन मिश्रा लगायत रहेका थिए । 

Back to top