काठमाण्डौ, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।
सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामाको वक्तव्य पढ्दै उने उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको प्रतिक्रिया दिए ।
यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन् । माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गरेका थिए ।
रावलले संसद भवन पुगेर पत्रकार अगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।