×

वीरगञ्ज, ३ साउन । आर्थीक वर्ष २०७७/७८ मा पर्सा जिल्लामा १ हजार १ सय ७३ वटा अपराधका घटना भएका छन् । पछिल्लो ३ आर्थीक वर्षको तथ्यांकलाई नियाल्दा गत आर्थीक वर्षमा अपराधिक घटना बृद्धि भएको पाइएको छ । 

आर्थीक वर्ष २०७५/७६ मा ९ सय ४४ वटा विभिन्न अपराधिक घटना भएका थिए । त्यस्तै आर्थीक वर्ष २०७६/७७ मा २ सय २९ वटा घटना बृद्धि भएर १ हजार ८१ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ । गत आर्थीक वर्ष २०७७÷७८ मा ९२ वटा घटना बढी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थीक वर्षमा दर्ता भएका अपराधिक घटनामा संलग्न २० महिला र ९ सय ५६ पुरुष गरी ९ सय ७६ जना नेपाली पक्राउ परेका छन् भने १ महिला र ७३ जना पुरुष गरी ७४ जना विदेशी नागरिक पक्राउ परेका छन् । ४० जना महिला र ६ सय ९४ जना पुरुष नेपाली र १३ जना विदेशी गरी ७ सय ४७ जना अँझै फरार रहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

खनालका अनुसार सबैभन्दा बढी सार्वजनिक शान्तिविरुद्धको कसुरमा २ सय ४६ वटा उजुरी दर्ता भएका छन् । जुन अघिल्लो आर्थीक वर्षभन्दा १९ ले कम हो । यस्तै लागुऔषध सम्बन्धी १ सय ३३, झुण्डिएर आत्महत्या गर्ने १ सय २, बैंकिंग कसुर सम्बन्धी ७२ वटा उजुरी दर्ता भएका छन् । 

पछिल्ला ३ आर्थीक वर्षको विवरणअनुसार गत आर्थीक वर्षमा अपराधिक घटना बढ्नुको पछाडी घटना नै बृद्धि हो या प्रहरीको सक्रियता बढेको हो भन्नेमा भने आशंका व्यक्त गरिएको छ । 

विगतका वर्षहरुमा घटना भएपनि प्रहरीको सक्रियता नहुने अर्थात प्रहरीसम्म दर्ता नहुने भएका कारण कम देखिएको हुन सक्ने एकथरीको विश्लेषण छ भने अर्काेथरीले प्रहरीको निष्क्रीयताका कारण अपराधिक घटना बृद्धि भएको टिप्पणी गरेका छन् । 

तर यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाण्डे भने प्रहरीप्रतिको विश्वास बढ्दा अपराधिक घटना दर्ता हुने क्रम पनि बढेको बताउँछन् । एकातिर कोरोना भाइरसको महामारीका कारण कामकाज ठप्प हुँदा घरमै बेरोजगार भएर बस्दा मस्तिष्कमा नकारात्मक कुराहरु खेलेर घरेलु हिँसा, आत्महत्या जस्ता अपराधिक घटना बढेको हुन सक्ने बताउँदै यात्राडेलीसँगको संवादमा प्रमुख प्रहरी उपरीक्षक पाण्डेले प्रहरीप्रतिको विश्वासकै कारण उजुरी दर्ता हुने क्रम बढेको कारण अपराधिक घटना बृद्धि भएको विश्लेषण गरे । 

पछिल्ला ३ वर्षको अपराधिक घटनाको अभिलेखिकरण  :


 

Back to top