×

काठमाण्डौ, २ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका चार सांसदले कित्ता परिर्वतन गरेका छन् ।

ठाकुर पक्षमा रहेका चार सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दल (यादव पक्षमात्रै सहभागी) को बैठकमा ठाकुर पक्षका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै उनीहरू अध्यक्ष यादव पक्षमा लागेका हुन् ।

यसअघि पार्टी कार्यालयमा शुक्रबार भएको छलफलमा चारै जना अनुपस्थित भएका ठाकुर पक्षका नेताहरूले बताएका छन् । यससँगै ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६–१६ भएको छ ।
 

Back to top