×

वीरगञ्ज, १ साउन ।  नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर सहभागी हुने भएको हो । 

नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएको बताए । 

सरकारमा सहभागी हुनेमा संसदीय दलका नेता भरत साह मन्त्री र प्रदेश सभा सदस्य रुबी कर्णले राज्यमन्त्री पाउने भएका छन् । 

सुरुमा दुई वटा मन्त्रालय दिइने बताइए पनि अहिले केन्द्रीय नेतृत्वका कारण एउटा मन्त्रालयमा चित्त बुझाएर सरकारमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता जगत यादवले बताए । 
 

Back to top