×

ब्लड क्यान्सरबाट पिडित बिजय कुमार साह, उनकी आमा र साहका सन्तान

वीरगञ्ज, २५ असार ।  बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ नौतन निवासी बिजय साह विगत ८ महिनादेखि ब्लड क्यान्सरसँग जुधिरहेका छन् । जितपुरमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय साह ब्लड क्यान्सरबाट बच्न जिवन र मृत्युको दोसाँधका बिच बाँचीरहेका छन् ।

२० वर्षदेखि मधुमेहबाट पिडित साहका बुबा सौदागर बसका चालक हुन् । तर उनी पनि अहिले प्यारालाइसिसको सिकार भएका छन् । आमा विगत २० वर्षदेखि मधुमेहबाट पिडित छिन् । २ छोरा र १ छोरीका बुबा साह अहिले भरतपुर क्यान्सर हस्पिटलमा उपचारार्थ छन् । उनले उपचारका लागि भएभरको जायजेथा सम्पती सबै बेचेर सकिसके । 

परिवार पाल्ने एउटै माध्यम पसल पनि बेच्नुपर्दा अहिले उपचारका लागि समेत रकम जोहो गर्न सक्ने स्थितीमा उनी र उनको परिवार छैन । घरका एक्लो छोरो साहले उपचारका लागि आफन्त, छरछिमेकसँग सहयोग लिएर, घरखेत सबै बिक्रि गरेर ६ महिनादेखि उपचार गराए । अँझै ३ पटक केमोथेरापी गराउनुपर्ने चिकित्सकको सुझाव छ । 

परिवारको आर्थीक अवस्था कमजोर हुनुका साथै हालसम्म उपचार गराउँदा भएभरको सम्पती सखाप भएपछि अब ३ पटक त के १ पटक पनि केमोथेरापी गराउन सक्ने अवस्थामा उनको परिवार सक्षम छैन । ३  छोराछोरीको भविष्य सुन्दर बनाउने सपना बुनेका साहलाई बचाउन बाराको फेटा गाउँपालका वडा नम्बर १ भलुहीस्थित बगैचा कटेज एण्ड रिसोर्ट प्रा.ली.ले नगद ५ हजार १ सय सहयोग गरेको छ । 

रिसोर्टका सञ्चालक अनिल सिन्हाले साहको घरमा गएर बिरामीका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन् । सञ्चालक सिन्हाले सामाजिक उत्तरदायित्व बहन गर्दै थोरै रकम भएपनि सहयोगको शुरुवात गरेको र यसबाट अरुले पनि मानवीय कार्यमा अनुकरण गरेर सहयोग गर्नुपर्ने बताए । 

इसेवा आइडी ९८१४२५९६८० र Bijaya kumar sah को ग्लोबल आईएमई बैंकको  E507010004167 खाता नम्बरमा सहयोग गर्न कटेजका सञ्चालक सिन्हाले अपिल गरेका छन् । 
 

Back to top