×

वीरगञ्ज, २४ असार ।  युनियन लाइफ इन्स्योरेन्सले आजदेखि आइपीओ निष्साकन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता आइपीओनिष्कासन गरेको हो ।

युनियनको आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी रहेको५८ लाख ५ हजार कित्ताका सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ ।

Back to top