×

वीरगञ्ज २१ असार । कमला पुल भासिएको विषयमा छानविन गरी ठेकेदार कम्पनीहरुलाई कानुनी दायरामा ल्याउन कमला जलाधार संरक्षण अभियानले माग गरेको छ । 


अभियानले आईतवार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै निर्माण कम्पनीलाई कानुनी कारवाही गर्न माग गरेको हो । संघका अध्यक्ष विक्रम यादव र सचिब बिनोद महराद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत पुल पुर्ननिर्माणको कार्य प्रारम्भ गर्न पनि माग गरिएको छ । 


पूर्व पश्चिम राजमार्ग राजमार्गमा कमला पुल ६४० मिटरको छ । तर हुलाकी सडकसम्म आउँदा थप चार नदी मिसिएर कमला नदीको बहाब क्षेत्र झन फराकिलो भएको छ । तर ४७० मिटरको पुल मात्र बनाएका कारण पनि भासिएको संघको ज्ञापन पत्रमा भनिएको छ । 

हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला पुल डिजाइन, इस्टिमेट र सम्झौता अनुसार पिलरहरुको हुनुपर्ने गहिराई नभएका कारण भत्किएको ठहर गर्दै संघले यथाशिघ्र पुर्ननिर्माण गर्नुका साथै निर्माण कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

Back to top