×

वीरगञ्ज, २० असार । पर्साको जिराभवानी गाउँपालिकामा बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ ।

वीरगञ्जका सृजनशील युवाहरुको समूह संस्कृती र हन्द्रेड्स ग्रुप वीरगञ्जले संयुक्त रुपमा गाउन्पालिकाको वडा नम्बर १ मा आएको बाढीबाट विस्थापित भएकाहरुलाई राहत वितरण गरेको हो ।

विभिन्न दातृ निकाय र व्यक्तिहरुको सहयोगबाट उठाईएको रकम र सहयोग लिएर पुगेको टोलीले स्थनीय प्रहरीसँगको समन्वयमा राहत वितरण गरेको थियो ।

संस्कृती र हन्द्रेड्स ग्रुपको तर्फबाट गाउँ पुगेको टोलीले बाढी पिडितहरुलाई खाद्यान्न, खाना पकाउने ग्यास र चुलोहो, त्रिपाल, आवश्यक औषधी, बाल्टिन, माग लगायत सामग्री सहयोग गरेको हन्द्रेड्स ग्रुप पर्साका अध्यक्ष विनय गिरिले जानकारी दिए ।

पिडितहरुलाई संस्थाले एक महिनासम्म पुग्ने सहयोग पाएको स्थानीय अगुवा प्रकाश थारुले बताए । 

ग्रुपका कोषाध्यक्ष आशिष गुप्ताको नेतृत्वमा गएको टोलीमा आयुष राज बरनवाल, सुशील पटेल, अन्केश पाण्डेय, विकास गुप्ता र अनिल साह लगायतको उपस्थिति रहेको थियो ।

Back to top