×

फाइल तस्बिर

वीरगञ्ज ९ असार । नेपाल मदिरा व्यवसायी महासंघले मदिरा तथा मदिराजन्य व्यवसाय सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाउदै महासंघका पदाधिकारीले मदिरा पसल खोल्न दिन ध्यानार्कषण गराएको हुन् । 

यसै गरि वीरगञ्जमा पनि मदिरा व्यवसायीले मदिरा तथा मदिराजन्य व्यवसाय सञ्चालन गर्न माग गरेका छन । 

वीरगञ्जमा मात्र फेब्रुअरीसम्म अगाडी मासिक ४ करोड ८० लाखको मदिरा विक्री हुने गरेकोमा  अप्रिलमा ८ करोडको हाराहारीमा मदिराको कारोबार भयो कर तिर्ने मदिरा व्यवसायीहरुलाई राज्यका विभिन्न निकायहरुबाट उपेक्षित गरिनु निकै दुःखद भएको वीरगञ्ज मदिरा व्यावसायी संघ पर्साका अध्यक्ष रामअधारप्रसाद सर्राफले बताए ।


लामो समयदेखि व्यवसाय बन्द हुँदा अन्य व्यवसायको जस्तै, बैंकको ब्याज, घरभाडालगायत खर्च बढ्दा व्यवसाय धराशायी हुने अवस्थामा पुगेको र यस क्षेत्रमा कार्यरत लाखौँ कामदारहरु, तिनका परिवारहरुमा समेत आर्थिक संकट उत्पन्न भएको वीरगञ्ज फुटसेन्टरका संचालक जगदिश साहको  गुनासो छ ।


कोरोना महामारीको चरम संकटका समयमा पनि अन्य देशहरुमा मदिरा पसलहरुलाई अत्यावश्यक सेवाका रुपमा निश्चित मापदण्ड तोकेर सञ्चालनका लागि अनुमति दिइएको भन्दै नेपालमा भने पूर्ण रुपमा बन्देज लगाइएकोमा तुरुन्तै मापदण्डअनुसार सञ्चालन गर्न दिन माग गरिएको छ । 

जटिल महामारीको संकटमा राज्यको निर्देशन मानेरै मदिरा व्यवसाय पूर्ण रुपमा बन्द गरिएको तर राज्यले अरु व्यवसाय सञ्चालन गर्न दिएर मदिरालाई प्राथमिकतामा नराखेको भन्दै तत्काल खुलाउन माग गरिएको छ ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा अन्य व्यवसायको जस्तै, बैंकको ब्याज, घरभाडालगायत खर्च बढ्दा व्यवसाय धराशायी हुने अवस्थामा पुगेको र यस क्षेत्रमा कार्यरत लाखौँ कामदारहरु, तिनका परिवारहरुमा समेत आर्थिक संकट उत्पन्न भएको व्यवसायीहरुको गुनासो छ ।

राज्यबाट निर्देशित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी अन्य व्यवसायहरुजस्तै मदिरा व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवस्थापन गरिदिन प्रजिअ पराजुलीलाई आग्रह गरेको महासंघका अध्यक्ष सोनाम शेर्पाले बताए । 

Back to top