×

वीरगञ्ज, ८ असार । वीरगञ्जको रजतजयन्ती चोकस्थित नेपाल इण्डो हस्पिटलमा न्युरो सर्जन डा. रञ्‍जित चौरसियाले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् । 

विगत २ महिनादेखि पिसाब रोक्न गाह्रो भएर फिजिसियनसहितका अन्य चिकित्सक र अस्पताल एवम् क्लिनीकहरुमा परीक्षण गराएर हरेश खाएकी पर्साको वीरगञ्ज निवासी ६६ वर्षीय बृद्ध महिलाको अन्ततः नेपाल इण्डो हस्पिटलमा डा. चौरसियाले सफल शल्यक्रिया गरेका हुन् । 

पिसाव रोक्न नसकेर गाह्रो हुँदा जचाउँन पुगेकी महिलाको सिटि स्क्यान गर्दा मस्तिष्कमा मासु पलाएको (ब्रेन ट्युमर) देखिएको थियो । मस्तिष्कमा मासु पलाएको देखिएपछि नेपाल इण्डो हस्पिटलमा भर्ना गरी शल्यक्रिया गरिएको थियो । 

७.८×४.५× ६.८ सेन्टिमिटरको ट्युमर ३ घण्टाको सफल शल्यक्रियापछि ति बृद्ध महिलाको स्वास्थ्य अवस्था ठीक भएको डा. चौरसियाले बताए । मस्तिष्क बाँयाबाट दायातिर १५ मिलिमिटर धकेलिएको र थोरै बेहोसी जस्तो अवस्थामा पुगेकी उनको अवस्था अहिले सामान्य छ । इण्डो हस्पिटलमा गरिएको शल्यक्रियापछि बिरामीमा कुनै किसिमको न्युरोलोजिकल समस्या नदेखिएको शल्यक्रिया गर्ने डा. चौरसियाको भनाई छ । 

नेपालको त्रिभुवन युनिभर्सीटीबाट एमबिबिएस र पोस्ट ग्रेजुएट ट्रेनिंग बगलादेशबाट गरेका डा. चौरसियाले हालसम्म सयौँभन्दा धेरै मस्तिष्क र मेरुदण्डको सफल शल्यक्रिया गरीसकेका छन् । न्युरो सर्जन भएको हेर्ने आफ्नो बुबाको सपना साकार पारेका डा. चौरसियाले हालसम्मकै सबैभन्दा ठूलो ट्युमरको शल्यक्रिया गरेका हुन् । 

वीरगञ्जस्थित गण्डक हस्पिटलबाट काम शुरु गरेका डा. चौरसियाले नारायणी वयोद्या हस्पिटल हुँदै अहिले नेपाल इण्डो हस्पिटल र भगवती पोली क्लिनिकमा कार्यरत छन् । डा. चौरसिया भन्छन्, ‘ब्रेन र मेरुदण्डका थुप्रै शल्यक्रिया गरियो । तर यो नै अहिलेसम्मको सबैभन्दा ठूलो ट्युमर हो ।’ अगाडी थप्छन्, ‘यहाँ धेरैले नगरेरै आफुले गरे भन्छन्, तर मैले यस्तै धेरै शल्यक्रिया गरे । धेरै रिसर्चहरु पनि गरेको छु ।’ खासमा डा. चौरसियाले अहिलेसम्मै ठूलो ट्युमरको शल्यक्रिया गरेको खबर पाएपश्चात यात्रा डेलीले नागरिकलाई सुसुचित बनाउन समाचार सम्प्रेषण गरेका हो । 

मस्तिष्क तथा मेरुदण्डसम्बन्धी कुनै किसिमको शल्यक्रियाका लागि वीरगञ्ज बाहिर जानेहरुको संख्या अँझै पनि यथावत रहेकाले वीरगञ्जमै नेपाल इन्डो हस्पिटलमा सस्तो र विश्वसनीय शल्यक्रिया भए समय र सम्पती खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि समाचार सम्प्रेषण गरिएको हो । 

डा. चौरसियाले सफल रुपमा शल्यक्रिया गरेर बिरामीको जिवन बचाएपछि अस्पतालको गरिमा अँझै बढेको नेपाल इण्डो हस्पिटलका प्रशासन प्रमुख हिमांशु शेखरले बताए । यसअघि पनि गरिब तथा विपन्न बिरामीको शूल्कमा विशेष छुट र विश्वसनीय सेवा प्रवाह गरेर मन जित्दै आएको अस्पतालले विभिन्न सामाजिक क्रियाकलापहरु पनि गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।

नेपाल इन्डो अस्पतालले केहि दिन अगाडी मात्रै आर्थिक अवस्था ठिक नभएकी सर्लाहीकी एक जना विरामीको उपचारमा लागेको अढाई लाख रुपैयाँभन्दा बढी शुल्क मिनाह गरेको थियो । अस्पतालका निर्देशक चन्द्र शेखरले आर्थिक लाभ भन्दा पनि समाजसेवाको भावनाले अस्पताल स्थापना गरेको बताउँछन् । उनले आर्थिक अवस्था कम्जोर भएका विरामीहरुको अस्पतालके कम भन्दा कम शुल्कमा उपचार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Back to top