×

वीरगञ्ज, ७ असार । भूमी सुधार तथा मालपोत कार्यालय पर्साले बारअनुसारको कार्यतालिका सार्वजनीक गरेको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि अत्यावश्यक बाहेकका सरकारी कामकारवाही पनि बन्द गरेदेखि अवरुद्ध सेवाहरु अब बारअनुसार सञ्चालन हुने छन् ।

जसअन्र्तगत आइतवार र सोमवार ९ वटा स्थानीय तहका सेवाग्राहीले सेवा लिन पाउनेछन् । असार १० गतेदेखि लागु हुनेगरी आइतवार र सोमवार पर्साको कालिकामाई, छिपहरमाई, जगरनाथपुर, ठोरी, जिराभवानी, धोबिनी, पकाहमैनपुर र सखुवाप्रसौनी गाउँपालिकाका जनताले सेवा लिन पाउने छन् ।

यसैगरी मंगलवार र बुधवार विन्दवासीनी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका र बहुदरामाई नगरपालिकाका सेवाग्राहीका लागि सेवा सुचारु हुनेछ भने बिहिवार र शुक्रवार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीको काम हुने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले स्वास्थ्य मापदण्डको पालना गरी सरकारी कामहरु सञ्चालन गर्न आदेश जारी गरेसँगै सेवा स्थानीय तहको आलोपालो गरी सेवा सुचारु गरिएको भूमी सुधार तथा मालपोत कार्यालय पर्साले जानकारी दिएको छ ।

यसैविच भूमी सुधार तथा मालपोत कार्यालय बाराले भने ८ गते (भोली) देखि नै कार्यसम्पादन हुने जनाएको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न स्थानीय तहअनुसार आलोपालो गरेर सेवा लिने व्यवस्था कार्यालयले मिलाएको छ ।

आइतवार कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिका, सोमवार महागढीमाई नगरपालिका, विश्रामपुर र सुवर्ण गाउँपालिका, मंगलवार कोहल्वी नगरपालिका, प्रसौनी र देवताल गाउँपालिका, बुधवार सिम्रौनगढ नगरपालिका, बारागढी र करैयामाई गाउँपालिका, बिहिवार पचरौता नगरपालिका, फेटा र आदर्शकोतवाल गाउँपालिका र शुक्रवार जितपुर सिमरा र कलैया उपमहानगरपालिकाका सेवाग्राहीको कार्यसम्पादन हुने कार्यालयले जनाएको छ । 


 

Back to top