×

वीरगञ्ज, ७ असार । यस वर्षको स्व. विन्दु पाण्डे स्मृति पुरस्कारबाट अनिता (एनी) कुँवर सम्मानित हुने भएकी छिन् ।

स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष कुँवरलाई दिने प्रतिष्ठानको छनौट समितिले निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा असार ४ गते बसेको बैठकले पत्रकार सरोज खड्काको संयोजकत्वमा बनाएको ५ सदस्यीय छनौट समितिले विगत डेढ दशकभन्दा लामो समयदेखि रेडियो वीरगञ्जमा कार्यरत पत्रकार महिला कुँवरलाई पुरस्का प्रदान गर्ने निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा ६ बर्ष अगाडी स्थापीत प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते पाण्डेको पुण्य तिथीको अवसरमा पुरस्कार वितरण गर्दै आएपनि यस बर्ष कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको आदेशका कारण पुरस्कार वितरण मिति केही दिन धकेलिएको प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताए ।

निषेधाज्ञा हटेपछि आधिकारिक कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने अध्यक्ष भण्डारीको भनाई छ । 
 

Back to top