×

वीरगञ्ज, ७ असार ।  सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा किचबेच भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो। 

यस्तै चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। चाँदी तोलामा ५ रुपैयाँले वद्धि भएको हो ।

Back to top