×

वीरगञ्ज, ६ असार । हिन्दु स्वयम् सेवक संघ नेपाल पर्साको जिल्ला योजना बैठक शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । सम्पन्न बैठकले सगठनको थप बिस्तार गर्ने निर्णय गरेको छ । 

वीरगञ्ज महानगरपालिका, नगरपालिका र गाउँपालिका गरि जिल्लाको सम्पुर्ण तहमा सगठन बिस्तार गरि हिन्दु धर्म सस्कृतीलाई समरक्षण गर्ने तर्फ लाग्नु पर्ने निर्णय भएको सघले जनाएको छ । 

संघका पर्सा जिल्ला संघ चालक ललन द्विवेद्वीको अध्यक्षतामा भएको बैठकको राष्ट्रिय प्रचारक बेद प्रकाश जीले दिप प्रजलन गरि उद्घाटन गरेका थिए । 

वीरगञ्जको आदर्शनगरस्थित पशुपति शिक्षा मन्दिरमा भएको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय प्रचारक बेद प्रकाशले निःस्वार्थ भावले काम गर्ने संस्था संघ भएको बताए । उनले भने, ‘‘व्यक्तिको साथसाथै समाजको पनि चिन्तन गर्नु पर्छ । संघका शाखा उर्जाका केन्द्र हुन । संघमा राम्रो व्यक्तिलाई जोड्नु पर्छ ।’’

संघका विभाग संघचालक अशोक बैधले अझै बढि सक्रिय भएर स्वमसेवक संघलाई काम गर्न आग्रह गरे । उनले एक आपसमा संगठित भएर आफ्नो उदेश्य परिपूर्तिको लागि अघि बढ्नु पर्ने धारणा राखे । 

बैठकमा पर्सा जिल्लाका हिन्दु स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

Back to top