×

वीरगञ्ज, ५ असार । पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि आइतवार सकिदैँ छ ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा छैठौँ पटक लम्ब्याउँदै असार ६ गते मध्यराति सम्मका लागि बढाइएको हो ।

जिल्लामा संक्रमणदर घटेर शुन्यमा झरेपनि निषेधाज्ञालाई भने निरन्तरता दिने स्रोतले जनाएको छ । तर अहिलेको भन्दा केही खुकुलो गर्नेगरी मापदण्ड बनाएर निषेधाज्ञा बढाउन सकिने बुझीएको छ ।

२ पांग्रे सवारी साधनलाई सञ्चालन गर्न दिएपनि ४ पांग्रे सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक सञ्चालन गर्न नदिने स्रोतले जनाएको छ । 
 

Back to top