×

वीरगञ्ज, ५ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीमा रहेको राजेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकका लागि नयाँ योजना ल्याएको छ ।

संस्थामा खाता खोलेका ग्राहकहरुको लागि बिना धितो ५० हजारदेखि १ लाखसम्मको कर्जा उपलब्ध गराउने नयाँ योजना संस्थाले शुरु गरेको हो । विश्वव्यापी महामारीको समयलाई मध्यनजर गर्दै कुनै पनि धितो नराखेर ५० हजारदेखि १ लाखसम्मको कर्जा घरमै पु¥याउने योजना ल्याइएको संस्थाका अध्यक्ष अजय प्रजापतीले बताए ।

निषेधाज्ञाको अवधिमै शुरु भएको यो अवसरबाट हालसम्म ५० जनाभन्दा बढी बचतकर्ता लाभान्वीत भइसकेका छन् । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै जारी रहने हुँदा समयमै कर्जा लिएर आफ्ना समस्याहरुको समाधान गर्न पनि प्रजापतीले आग्रह गरेका छन् । 
 

Back to top