×

वीरगञ्ज, ५ असार । नेपाली कांग्रेसबाट प्रदेश नम्बर २ मा नवनियुक्त उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मालाई नेपाली कांग्रेसको वडा समितिले सम्मान गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडा समितिले मन्त्री शर्मालाई शनिवार एक कार्यक्रमका बिच सम्मान गर्दै बधाई तथा शुभकामना दिएको छ ।

वडा अध्यक्ष एवम् बूथ सभापति रामनगीना साह कानुको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश विभागका प्रमुख अजय चौरसियाले शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो क्षेत्रलाई पनि प्राथमिकतामा राखेर विकास निर्माणका कामहरुलाई तिव्रता दिन आग्रह गरे ।

वर्तमान परिवेशमा कोरोना भाइरसको रोकथाम तथा न्युनिकरणका लागि पहल चाल्नुपर्नेमा जोड दिँदै पूर्व मन्त्री समेत रहेका चौरसियाले उर्जा तथा खानेपानीको क्षेत्रमा छलांग मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हीरा साह कानू प्रमानंद साह कानू, मनोहर कुमार साह, संतोष गुप्ता, अरबिंद साह कानू, आत्माराम साह कानू, राकेश साह, संतोष देवी खतिवड़ा, बबिता तिवारी शम्भू साह कानू लगाएतको उलेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष रामनगिना साह कानुले आफ्नै वडाका शर्मा मन्त्री बन्नु वडाका लागि ठूलो उपलब्ध भएको बताए । विगतका दिनमा पनि शर्माले समाजको लागि गरेका क्रियाकलापहरु स्मरणीय रहेको बताउँदै कानुले आगामी दिनमा पनि अँझै सशक्त रुपमा समाजप्रति समर्पीत हुने विश्वास व्यक्त गरे । 
 

Back to top