×

फाइल तस्बिर

वीरगञ्ज ५ असार । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएपछि सरकारले व्यवसायीलाई कर तिर्ने समय थपेको छ  । 

कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउदै सरकारले व्यवसायीलाई असार २५ सम्म कर तिर्ने म्याद थपिएको आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनामा उल्लेख छ  ।

गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको जनाइएको छ  । थपिएको समयमा चैत र वैशाख महिनाको कर बुझाउन सकिनेछ  ।
 

Back to top