×

वीरगञ्ज, ४ असार ।  प्रदेश २ का न्यायाधिवक्ता दिपेन्द्र झाले राजीनामा दिने कुनै मनशाय नरहेको बताएका छन् ।

उनले न्यायधिक्ताको पद छोड्ने भन्दै केही पत्रकारले सामाजिक संजालमा लेखेको आफूले पनि जानकारी पाएको भएपनि राजीनामाबारे कतै कुनै चर्चा नै नभएको प्रतिकृया दिए ।

उनले शुक्रबार साँझ यात्रा डेलीसँग कुरा गर्दै भने , बजेटको विषयमा मैंले सुझाव दिनु वा अपेक्षा राख्नु एउटा पाटो हो,तर यो नेता वा मन्त्रीले गर्ने निर्णय हो, यसबारे मैंले कुनै गुनासो गर्ने प्रसंग नै छैन ।

न्यायाधिवक्ता झा प्रदेश मुख्य मन्त्री लालबाबु राउतको विश्वास पात्रको रुपमा चिनिएका छन्। नीति नियमको अभावमा रुमल्लिएको प्रदेश सरकारको लागि उपयुक्त र केही मामिलामा क्रान्तिकारी नीति निर्माणको काममा झाले उल्लेखनीय भूमिका खेलेका छन्।

Back to top