×

२ असार । म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । 


लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै  गोलपोस्टमा डाईभर्ट भइदियो । 


यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा फ्रान्सले दुईपटक बललाई जाली चुमाएपनि ती दुबै अफसाइड थिए । 


प्रतियोगिताअन्तर्गत यही समूहको खेलमा हंगेरीलाई पोर्चुगलले बुडापेस्टमा ३–० ले हरायो । पोर्चुगलका लागि क्रिष्ट्रियानो रोनाल्डोले दुई र राफायल गुरेरोले एक गोल गरे । 

Back to top