×

 १ असार । निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ। 

पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन्।

ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन्। राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरूलाई छानिछानी पक्राउ गर्ने गरिएको छ। 

पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरू पनि रहेका छन्। 

प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ।

Back to top