×

वीरगञ्ज, २८ जेठ ।  पछिल्लो २४ घण्टामा पर्सा जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट संकलित ९६ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा मकवानपुरका १ जनासहित ४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका चारैजना संक्रमित महिला रहेको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी दिए ।

थपिएका संक्रमितहरु २८ वर्षदेखि ५७ वर्षउमेर समूहका रहेका छन् । डा. दासका अनुसार उनिहरुको सिटि भ्यालु २१ देखि २९ सम्म रहको छ । 

त्यसैगरी शुक्रवार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ निवासी ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जेठ ६ गते गरिएको एन्टिेजन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन नारायणी अस्पतालमा भर्ना भएका पुरुषको शुक्रवार बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिँहले बताए । 
 

Back to top