×

वीरगञ्ज, २८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय  ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५० जना संक्रमित थपिएका हुन् ।

पिसिआर र एन्टिजेन गरी १५ हजार १ सय  ८२ जनाको नमुना परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा ५ हजार २ सय  २५ जना कोरोनाबाट मुक्त भएका छन् ।

त्यस्तै थप ६७ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।

देशभर ७५ हजार २ सय  ७५ सक्रिय संक्रमित रहेका छन् ।

Back to top