×

वीरगञ्ज, २८ जेठ । धनुषाको मुखियापट्टी मुसहरनियामा पाँचजना बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानासँग जोडिएको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब ९ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली समेत अहिले घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । बालिकाहरु कसरी डुबेको बारे अहिले नखुलेपनि त्यस सम्बन्धमा अनुसन्धान तीव्रपारिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Back to top