×

वीरगञ्ज, २८ जेठ । पर्सा प्रहरीले ८ वटा भारतीय नम्बरको मोटरसाइकल जिल्लाको विभिन्न स्थानबाट जफत गरेको छ ।

निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतिरुपमा पर्सा जिल्लाको विभिन्न स्थानमा चलाईएका तथा कागजपत्र नभएका ८ वटा भारतीय नम्बरको मोटरसाइल प्रहरीले जफत गरेको हो । 

जिल्लामा बैशाख १६ गतेदेखि जारि निषेधाज्ञा कार्यन्वयन गराउन जिल्ला प्रहरी कार्यालय पर्सा आठ खटेको प्रहरी टोलीले विभिन्न स्थानमा चेकिङ गर्दा तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा रहेका मोटरसाइकलहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए । 

नियन्त्रणमा लिएका मोटरसाइकलहरुको मुल्याङ्कन प्रहरीले ४ लाख ५५ हजार रुपैयाँ गरेको छ । मुल्याङ्कन पश्चात नियन्त्रणमा लिइएका मोटरसाइकलहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी खनालले बताए ।

Back to top