×

बीरगञ्ज २८ जेठ । बीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी स्थित रहेको स्पर्श मल्टि स्पेशलिटि अस्पतालले अबदेखि ओपिडी सेवा सुचारु गर्ने भएका छ । 


बीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी स्थित रहेको स्पर्श मल्टि स्पेशलिटि अस्पतालले कोरोना महामारीमा ६६ जना संक्रमितको उपचार गरेको र अब संक्रमित अस्पतालमा नरहेको ले ओपिडी सेवा सुचारु गर्ने भएको अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक डा. महेश्वर कुर्मीले बताएका हुन ।

यही वैशाख २६ गतेदेखि कोरोना महामारीकै बीच अस्पताल संचालनमा आएको हुनालले महामारीसँगै जुद्धदै ४८ जना कोरोना संक्रमितको उपचार गर्न सफल भएको बताए ।

उनका अनुसार ६६ जना कोरोना संक्रमित भर्ना भएकोमा १४ जनालाई बचाउन नसकिएको एवं ४ जना अहिलेपनि उपचारार्थ रहेको तर उनीहरुको पिसिआर रिपोर्ट नेगेटभि आईसकेको एवं ४८ जना पूर्ण रुपमा निको भएर डिस्चार्ज भइसकेको बताए । 

अस्पताल भर्खरै संचालनमा आएको हुनाले व्यवस्थापनमा केही कमि कमजोरी भएको हुन सक्ने स्वीकार्दै अबको दिनमा व्यवस्थित तरिकाले अस्पतालको व्यवस्थापन गर्दै लैजाने भन्दै प्रवन्ध निर्देशक कुर्मीले यस अस्पताल नेपाल सरकारको मापदण्ड भित्र रहेर २५ वेडको अस्पताल संचालन गरिएको बताए ।

यस अस्पतालले तत्कालको लागि २५ बेड संचालनको अनुमति लिएर संचालन गर्दै आएकोमा आगामी दिनमा पुनः नेपाल सरकारसँग समन्वय गरि बेड थप्दै यहाँबाट प्रदान गरिने सेवालाई झनै प्रभावकारी बनाउँदै लैजाने बताए ।

यस अस्पतालमा ८ जना विशेषज्ञ चिक्सिकहरुको टिमले उपचार गरि रहेको भन्दै अस्पतालले मेडिशिन, गाइनो, पिडिआ, अर्थो, ग्यास्ट्रो, पल्मो, सर्जरी र न्यूरो सर्जरीको सुविधा दिदै आएको बताए । 


कोरोना महामारीकै बीच अस्पतालले बढि शुल्क लिने भन्ने विभिन्न आरोप प्रत्यारोप लागेको विषयलाई प्रष्टयाउँदै डा. कुर्मीले यस अस्पतालले नेपाल सरकारको मापदण्ड भित्र रहेर कोरोना संक्रमितहरुसँग शुल्क लिएको प्रष्ट पारे ।

नेपाल सरकारले आईसियूको शुल्क प्रतिदिन २२ हजारसम्म तोेकेको भएतापनि अस्पतालले १५ हजार मात्रै लिएको र यहाँ दिइएको सेवा अनुसार मात्रै अधिकत्म शुल्क लिएको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका प्रवन्ध निर्देशक डा. महेश्वर कुर्मी, डा. निमेश पाल रमन, डा. श्याम गुप्ता एवं डा. राजेश साह, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्रा, कार्यसमिति सदस्य नरेश सर्राफ, अजय चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
 

Back to top