×

वीरगञ्ज, २७ जेठ । वीरगञ्जस्थित नारायणी अस्पताललाई व्यापारिक समूह अग्नी ग्रुपले १५ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

पहिलो चरणको कोरोना भाइरस संक्रमणबाट हटस्पट बनेको वीरगञ्ज दोस्रो लहरको कोरोनाका कारण पनि उच्च जोखिमबाट गुज्रिरहेको छ । पर्सा मात्रै नभएर बारा, रौतहट, सर्लाही, सप्तरी लगायतका बिरामीहरुको पनि उपचार थेगेको नारायणी अस्पताललाई ग्रुपले विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ लगायतको उपस्थितीमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानलाई ३ सय केभीएको स्टेपलाईजर १ थान, २० केभीएको युपिएस १ थान र ३ सय २६ एम्पिएरको ब्याट्री १६ थान हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगञ्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिए । 
 

Back to top