×

वीरगञ्ज, २७ जेठ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड एक्सन टिमलाई दिब्य युवा क्लबले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न जिल्लामा जारी निषेधाज्ञाबाट प्रभावित गरिब, विपन्न तथा असहायहरुको भोक मेटाउन कोभिड एक्सन टिम (क्याट) पर्साले शुरु गरेको कोभिड किचेनलाई सहयोग पुगोस् भन्ने अभिप्रायले एक्सन एड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्र्तगत दिब्य युवा क्लबले खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

जिल्ला समन्वय समितिको प्रांगनमा क्याटले गरीरहेको खाना खुवाउने कार्यको सह्राना गर्दै क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, क्लबका पर्सा अध्यक्ष देवनाथ ठाकुरले सयुँक्त रुपमा क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीलाई ७ बोरा चामल, १ बोरा दाल, १० लिटर खानेतेल, ५० किलो आलु, ५० किलो प्याज हस्तान्तरण गरेको क्याटका सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

सो अवसरमा क्याटका सदस्य एवम् नेपाली कांग्रेस पर्साका सचिब शयाम पटेल, नेकपा एमालेका संजिव मिश्रा, क्लबका वित्त तथा प्रशासन संयोजक श्यामकिशोर प्रसाद चौहान, स्पौंसर संयोजक सुनिल कुमार भारती तथा फिल्ड अधिकृत मुनिलाल महतो लगायतको सहभागिता रहेको थियो ।
 

Back to top