×

वीरगञ्ज, २७ जेठ । राष्ट्रिय युवा संघ पर्साले जिल्लाका १४ वटै स्थानीय तहहरुमा संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

बिहिवार संघका पर्सा अध्यक्ष एवम् केन्द्रिय सचिवालय सदस्य महमद निजामुद्धिनको अध्यक्षतामा बसेको बैठकले संगठत विस्तारसँगै यही शनिवार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण रक्तदान कार्यक्रमहरु नहुँदा रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संघका अध्यष निजामुद्धिनले बताए ।

यसअघि निषेधाज्ञाका कारण प्रभावित गरिब, विपन्न एवम् असहाय परिवारलाई राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरेको संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सामाजिक कामलाई पनि निरन्तरता दिने उनको भनाई छ ।

नेकपा एमालेका जिल्ला कमिटि सदस्य सञ्जिव मिश्र,संघका केन्द्रिय सदस्य रवि गुप्ता, महमद मेराजुद्धिन अन्सारी, चन्दन गुप्ता, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, पवन ठाकुर, बिराज यादव, राकेश साह लगायतको उपस्थितीमा बिहिवार संघको बैठक बसेको हो । 
 

Back to top