×

वीरगञ्ज, २७ जेठ ।  डाइनामिक एक्सन टिम वीरगञ्जद्वारा सकारात्मक युवा समाजको पोजेटिभीटी एम्बेसडरमा पर्सा जिल्लाका ओम कुमार झा नियुक्त भएका छन् ।

"युवाका लागि खुला मञ्च" भन्ने मुख्य ध्येयका साथ सञ्चालित संस्थाको पोजेटिभीटी एम्बेसडरमा झा नियुक्त भएका हुन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रद्धेश आचार्यद्वारा हस्ताक्षरित नियुक्ती पत्रमा झालाई पोजेटिभीटी एम्बेसडरमा नियुक्त गरिएको उल्लेख गरिएको छ ।

 संस्थाले नामजस्तै समाजलाई सकारात्मक बनाउन युवाहरुको परीचालन गर्नुका साथै कोरोना भाइरसको महामारीमा पनि विभिन्न सामाजिक कामहरु गरीरहेको संस्थाका नवनियुक्त पोजेटिभीटी एम्बेसडर ओम कुमार झाले बताए । 

संस्थाको सक्रिय सदस्यमा आकाश दास, अनामिका तिवारी, प्रज्ञा कर्ण, अंशिका सिँह, अर्जुन गुप्ता, दिनीता चौधरी लगायत रहेका छन् ।

Back to top