×

वीरगञ्ज, २७ जेठ ।  कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञाबाट प्रभावित परिवारलाई वीरगञ्ज सिटी रोयल युवा क्लब श्रीपुरले विगत १७ दिनदेखि भोजन वितरण गर्दै आएको छ ।

नियमित ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गरिब, विपन्न, असहाय, सडक मानव लगायतका दैनिक ७० देखि १ सय जना सम्मको भोक क्लबले मेटाउँदै आएको छ । क्लबले १७ दिनसम्म आइपुग्दा लगभग २ हजारभन्दा धेरैको भोक मेटाएको क्लबका अध्यक्ष सुरज महतोले बताए ।

स्थानीय सक्रिय युवाहरुको समूह मिलेर बनेको क्लबले महामारीमा निःशूल्क भोजन वितरण गरी भोकाहरुको भोक मेट्ने कार्य सह्रानीय एवम् अनुकरणीय भएको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले बताए । यस्तै गरी हरेक ठाउँका युवाहरु जागरुप भएर आफ्नो समाजको लागि आफै केही गर्न सके सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने चौगाईको भनाई छ ।

निःशूल्क भोजन वितरण कार्यमा क्लबका उपाध्यक्ष बिकि कुमार मण्डल, सचिब आलोक मण्डल, कोषाध्यक्ष ज्ञानेन्द्र कुमार, सहसचिब रामप्रित कुमार, बालमीकि कुमार, बिष्णु महतो, साहेब साह कानू, बिकेश कुमार, अन्जनी कुमार, जोशी कुमार, बिबिता देबि लगायतको सक्रियता रहेको थियो ।

क्लबका पदाधिकारी र सदस्यहरुको सक्रियतामा वीरगञ्जको घण्टाघर, श्रीपुर, मुर्ली, पावरहाउस, राधेमाई लगायतका क्षेत्रमा गएर भोजन वितरण हुँदै आएको छ । 
 

Back to top